Skip to content

ऋणका सेवाहरू 

pexels-david-levinson-14035710

संस्थाले आफ्ना सदस्यहरुलाई वचत गर्न प्रोत्साहित गरेर आर्थिक रुपले सवल बनाउने लक्षका साथ साथै आफ्नो शीप, क्षमता र दक्षता अनुसारको आय आर्जन कार्यमा संलग्न गराउने र सो का लागि आवश्यक पर्ने पूँजी कर्जाको रुपमा प्रदान गर्ने गरिएको छ। व्यापार, व्यवसाय तथा शीपमुलक कार्यहरु सञ्चालन गर्न, नयाँ व्यवसाय संचालन गर्नका साथै आइपरेका अन्य योजना र कार्यहरु सम्पन्न गर्नका लागि नियमानुसार धितो राखि तथा साना कर्जाहरु सामुहिक जमानीमा सुलभ ढंगबाट प्रदान गरिने छ । कर्जा प्रवाह गर्दा संस्थाले सदस्यहरुको सामाजिक प्रतिष्ठा, वार्षिक आय श्रोत, उद्यम, दक्षता, ऋण तिर्न सक्ने क्षमता, भरपर्दो धितो आदिको अध्ययन गरेर मात्र कर्जा प्रवाह गरिने छ। कर्जा लगानी घट्दो व्याज दर प्रणाली अनुसार हुने छ।