info@dhaulashree.coop.np
Posts by :
उद्देश्य तथा कार्यहरू
उद्देश्य तथा कार्यहरू
संस्थाका सदस्यहरूको भविष्य सुनिश्चित गर्नका लागि आफ्नो आर्जनको केही अंश वचत गर्नका लागि प्रोत्साहित गर्ने र आकर्षक व्याजदर सहितको विभिन्न वचत योजनाहरुको माध्यमबाट निक्षेपको रुपमा स्वीकारगरी छरिएर रहेको पूँजीलाई एकत्रित गर्ने ।
कृषक, उद्यमी तथा व्यवसायी सदस्यहरुलाई उत्पादनशील, आयमूलक तथा सीपमूलक व्यवसाय संचालन गर्नको लागि सुलभ तरिकाले उचित ब्याजदरमा कर्जा प्रदान गर्ने ।
सदस्यहरुको आर्थिक समृद्धि र समुचित विकासका लागि सहकारीको सिद्धान्त अनुसार सहकारी शिक्षा, स्वास्थ्य र बीमा सम्बन्धी कार्यक्रमहरु संचालन गर्ने ।
महिला विकासको लागि आवश्यक पूर्वाधारहरु तयार गरी आवश्यकता अनुसार विभिन्न किसिमका चेतनामूलक, सीपमुलक तथा आयमुलक तालिमका कार्यक्रमहरु संचालन गर्ने ।
संस्थाले आर्जन गरेको खुद वचतको श्चित अंश सामाजिक तथा मानविय सेवाका लागि लक्षित गर्ने ।
सदस्यहरुको समुचित विकासका योगि आवश्यक ठहर गरेको अन्य आर्थिक तथा सामाजिक विकासका कार्यहरु गर्ने ।
परिचय
परिचय
ठूला बैंक तथा वित्तिय संस्थाको पहुँच सम्म पुग्न नसकेका न्यून आयश्रोत हुने खुद्रा तथा मध्यम स्तरीय व्यापारी लगायत सर्वसाधारणहरुको आर्जन लाई समेत वचत गर्न तर्फ उत्प्रेरित गरेर निक्षेप एकत्रित गरी आफ्ना सदस्यहरुको भविष्य सुरक्षित र सुनिश्चित बनाउनका लागि पुँजीको उचित परिचालनका साथै प्राविधिक ज्ञान, सीप र तालिमको माध्यमबाट उनिहरुको सामाजिक र आर्थिक विकासमा महत्वपूर्ण योगदान पुयाउने उद्देश्यले तत्कालिन सहकारी ऐन २०४८ बमोजिम डिभिजन सहकारी कार्यालय काठमाण्डौमा दर्ता भई २०५६ सालमा स्थापना भएको यस धौलाश्री बहुउद्देश्यीय सहकारी संस्था लि. ले काठमाण्डौ जिल्लालाई नै आफ्नो कार्यक्षेत्र बनाई सहकारी मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसात गर्दै सफलता पूर्वक सञ्चालन हुँदै आएको छ। आ.व. २०७५/७६ को प्रारम्भ देखि काठमाण्डौ महानगरपालिका वडा नं. १६ सामाखुशी, टाउनप्लानित्र स्थित गोंगबु आवास क्षेत्र भित्र नव निर्मित सुविधा सम्पन्न आफ्नै भवनबाट संस्थाको कार्यालय सञ्चालन गरी आफ्ना सदस्यहरुलाई सेवा सुविधा प्रदान गरिरहेको छ ।

