नारी समूद्री वचत योजना (Female Prosperous Saving Account)
संस्थाका महिला गृहिणी सदस्यहरु लाई आत्मनिर्भर बनाउन घरखर्चको केही अंश वचत गरेर अथवा कामकाजी सदस्यहरुले आफ्नो आर्जनको केही हिस्सा बचत गरेर आफुलाई समृद्ध बनाउन सहज होस् भन्ने उद्देश्यले नारी समृद्धि वचत योजना ल्याइएको हो। रु.१,०००/- मा खाता खोली आफ्नो आम्दानीको अनुकुलता अनुसार प्रत्येक महिनामा १ पटक अनिवार्य र स्वेच्छाले सो भन्दा बढी पनि रकम जम्मा गर्न सकिने छ । वार्षिक १० प्रतिशतले उच्च ब्याज प्रदान गरिने यस खाताबाट आफुलाई समस्या परी रकम निकाल्न अति आवश्यक भएको अवस्थामा महिनामा एकपटक मात्र खातामा मौज्दात रकमको अधिकतम २५ प्रतिशतले हुने रकम निकाल्न सकिने छ ।

