आवधिक क्रमिक बचत खाता (Periodic Recurring Saving Account)
* खाता खोल्दा तोकिएको अवधिसम्म अनिवार्य रुपमा रकम जम्मा गर्नुपर्ने,
* दैनिक, साप्ताहिक, पाक्षिक तथा मासिक रुपमा आफ्नो घर, पसल, कार्यालयमा बजार संकलक मार्फत रकम जम्मा गर्न सकिने,
* अवधि समाप्त भएपछि संस्थाको नियमानुसार व्याज सहित जम्मा गरेको रकम फिर्ता पाइने,
* अवधि समाप्त भएपछि जम्मा भएको रकम चाहे जति निकाल्न सकिने वा नविकरण गरी पु:न नियमितगर्न सकिने,
* अवधि समाप्त हुनुभन्दा अगाडिनै रकमको आवश्यकता परेमा प्राप्त हुने व्याजदरमा थप २% व्याज संस्थाले लिनेगरी जम्मा रकमको ९०% सम्म निकाल्न सकिने
यस बचत खातामा मासिक न्यूनतम मौज्दातमा वार्षिक निम्न दर अनुसार व्याज दिइने छ: (क) ६ महिने खातामा ९% ले, (ख) १ वर्षे खातामा ९.५% ले
(ग) २ वर्षे खातामा ९.७५% ले, (घ) ३ बर्षे खातामा १०% ले

