बाल शैक्षिक वचत खाता (Kids Education Saving Account)
सदस्यहरुको आफ्ना नानीबाबुहरुलाई उच्च शिक्षा अध्ययन गराउनमा आर्थिक संकट पर्नसक्ने अवस्थामा राहत पुयाउने उद्देश्यले बाल शैक्षिक बचत योजना ल्याइएको हो। सदस्यहरुले आफ्नो सन्तानको जन्मदर्ता प्रमाण-पत्र समेत पेश गरी न्यूनतम रु. ५००/- बाट यो खाता खोल्न सकिने । उच्च माध्यमिक तहमा भर्ना हुने वर्षमा जम्मा भएको रकमको सावाँ ब्याज एकमुष्ट भुक्तानी लिनेगरी प्रत्येक महिनामा आफुले चाहेको रकम जम्मा गर्दै जानुपर्ने छ।

