चाडपर्व विशेष बचत खाता (Festival Special Saving Account)
आफ्नो धर्म र संस्कृति अनुसार वार्षिक रुपमा आउने चाड पर्वहरूमा सजिलो संग खर्चको जोहो गर्न र टार्नका लागि सदस्यहरुलाई आर्थिक व्ययभार नपरोस भन्ने उद्देश्यले यो चाडपर्व विशेष बचत योजना ल्याइएको हो । आफुले दैनिक गरिने आम्दानीको केही अंश छुट्याएर अथवा दैनिक खर्चमा केही कटौती गरेर आफ्नो इच्छा अनुसार दैनिक, साप्ताहिक वा मासिक रुपमा रकम जम्मा गर्दै जानुपर्ने छ। चाडपर्व प्रारम्भ भएको समयमा आवश्यकता अनुसारको रकम झिकी खर्चको व्यवस्थापन गर्न सकिने छ । न्यूनतम रु. १०००/- ले खाता खोली रकम जम्मा गर्दै जानुपर्ने यस खातामा वार्षिक १ ले ब्याज प्रदान गरिने छ ।

